Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शिवराज वासिलाई खुसीको खबर : एकै पटक दुई एम्बुलेन्स र दमकल खरिद

माधब बेल्बासे
चन्द्रौटा,१२ जेठ

कपिलवस्तुको शिवराज नगरपालिकाले एकै पटक दुई वटा एम्बुलेन्स र एउटा दमकल खरिद गर्ने निर्णय गरेको छ । नगरलाई अतिआवश्यक रहेको भन्दै नगरकार्यापालिकाको बैठकले एम्बुलेन्स र दमकल एकै पटक खरिद गर्ने निर्णय गरेको हो । शिवराज नगरपालिका वडा १ मा रहेको शिवपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदको लागि प्रदेश सरकार मार्फत १५ लाख प्राप्त भएकोले र नगरले एम्बुलेन्स खरिदको लागि बिनियोजन गरेको रकमले खरिदको प्रकृया अगाडी बढेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।‘गत वर्ष पनि खरिदको लागि योजना बनाएका थियौं,कारणवंस सकिएन यस वर्ष दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय भएको छ,अधिकारीले भन्नुभयो ‘एम्बुलेन्स नहुँदा नगरवासिलाई शास्ती खेप्नु परेको थियो अब सहज हुने छ, ।’
नगरपालिकामा अहिले एम्बुलेन्स नहुँदा भाडामा लिएर संचालन गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । गाउँ गाउँका नागरिकहरुलाई अस्पताल लैजानको लागि हामिसँग एम्बुलेन्स नभएको हुदाँ केहि समस्या भएकोले खरिद गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । अहिले कोरोना भाइरसका कारण अति आवश्यक छ,अन्य समयमा पनि नगरलाई एम्बुलेन्स अति आवश्यक रहने अधिकारीले बताउनुभयो ।
शिवराज नगरपालिका वडा न ९ ले बिनियोजन गरेको रु ९ लाख,वडा न १ ले बिनियोजन गरेको रु ३ लाख, वडा न ३,४ र ११को एकमुष्ट रु २१ लाख, नगरको रु १३ लाख र प्रदेश सरकारको रु १५ लाख गरी रु ६१ लाखको लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । ‘अहिले भन्सार छुट गर्नको लागि पकृया भइरहेको छ, पौडेलले भन्नुभयो ‘असार मसान्त सम्म खरिद गरी संचालनमा ल्याउने छौ,।’
नगरले यसै वर्ष रु १ करोडको लागतमा दमकल खरिद गर्ने भएको छ । गर्मीयाम सुरु भएपछि नगरमा आगलागी घटना बढने जोखिमलाई कम गर्न दमकल खरिद गर्ने निर्णय भएको नगप्रमुख अधिकारीले बताउनुभयो । दमकल खरिदको लागि रु ९० लाख र संचालनको लागि रु १० लाख रकम बिनियोजित भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP