Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

संघीयतापछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री

१ पुस, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयतापछिको विकास सन्तोषजनक रहेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवद्र्धक रहेको बताए।

७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताए। उनले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिन पनि जोड दिए।

उनले भने, ‘स्थानीय सरकार बनेपछि अथवा संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि जे जति विकास निर्माणका काम भएका छन्। ती पक्कै पनि मेरो विचारमा सन्तोषजनक छन्। उत्साहवर्धक छन्। स्थानीय तहले विकास निर्माण, संस्कृति, संरक्षण, सम्पदा विकासमा, भौतिक पूर्वाधारमा ती महत्वपूर्ण छन्। ७५३ तहकै अवस्था हेर्दा उत्साहवर्धक छन्।’

प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ? भन्दै प्रश्न गरे।

उनले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताए। व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको? भन्दै मेयर साहलाई प्रश्न गरे।

उनले भने, ‘उहाँले भन्नुभयो यहाँबाट निस्किने बित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्रजी तपाईले चाहे त्यो वागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् पवा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कतिपटक सिंहदरबारमा बैठक भयो, के अहिलेको प्रधानमन्त्रीजत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ?’

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभूति गराउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP