काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको हो।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो ।
भरतपुर अस्पतालले शुक्रबार बिहान प्रेस विज्ञप्ति निकालेर यसको औपचारिक जानकारी गराएको छ। कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
अस्पतालद्वारा जारी विज्ञप्ति

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया