Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

फर्सीको मुन्टा खानुहाेस् फाइदै फाइदा !

काठमाडाैँ । हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे…….

-बढ्दो उमेरलाई छेक्न
फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

–आँखा स्वास्थ्यको लागि लाभकारी
फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

-कोलेस्ट्रोललाई नियन्त्रण गर्न
अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

-प्रजनन क्षमतामा वृद्धि
तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

-मधुमेहलाई गर्छ नियन्त्रण
मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

-छालाको लागि फाइदाजनक
फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

-क्यान्सरबाट जोगाउन
फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

-पाचन प्रणालीलाई स्वस्थ राख्छ
फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP