गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन्। छत्रकोट गाउँपालिका–४ को आर्दश माविको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय चन्द्रबहादुर परियारले रुखमा झुण्डिएर आत्महत्या गका हुन्।
हिजो बेलुका साढे ६ बजेदेखि ७ बजेको बीचमा परियार झाडी नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो।
परियार शुक्रवार मात्रै छिमेकी देश भारतवाट आएपछि उनलाई सोझै लगेर क्वारेन्टाइनमा राखिएको थियो। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया