काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो ।
टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।
तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो । केहीले ज्यान जोगाउन भेरी नदीमा हाम फालेका थिए । घटनामा नवराज विकसहित पाँच जनाको मृत्यु भयो भने एक जना अझै वेपत्ता छन् । पीडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले केटी पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया