Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

संक्रमित वडा अध्यक्षको दैनिकी:छिट्टै फर्केनेछु


माधव बेल्बासे
बिहान ५ बजे उठ्छु । उठेपछि सामाजिक संजाल र रेडियोहरुमा समाचार सुन्ने गर्दछु । दैनिक रुपमा प्रकाशन तथा प्रशारण कोरोना कै समाचारहरुले आम नागरिकहरु त्रास हुने स्वभाविक जस्तो लाग्छ । बिहानको समयमा बाहिरको हावा र व्यायाम मै करिव २ घण्टा बित्छ । ८ बजे खाँजा आउँछ । खाजा पछिको समयमा सँगै रहेका जिल्लाका तथा अन्य साथिहरुसँग कुराकानी गरेर समय बिताउने गर्दछु ।
दिउँसो ११ बजे खाना पश्चात आइसुलेशनमा रहेका समस्याहरुलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने गर्दछु । ‘सुरुमा संक्रमितहरुले धेरै गुनासो गर्नुहुन्थ्यो, उहाँले भन्नुभयो ‘फोहोरो,पानीको अभाव,लगाएतका समस्याहरु थिए ,अहिले सबै समाधान भएका छन्, ।’ कपिलवस्तुकाको वाणगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष भिष्मराज भुसालको दैनिकी यसरी नै बतेको छ । वडा तथा नगरवासिहरुलाई उद्धारको लागि भारत सँग जोडिएको कृष्णनगर नाकामा पुग्दा कोरोना संक्रमित भएको आंशाका लागेको बताउनुहुन्छ । जेठ ५ बजे स्वाब संकलन पश्चात ९ गते रिपोर्ट पोजेटिभ आयो । ९ गते रातिनै स्कुटरमा बुटवल पुगेर आइसोलेशनमा बसेको ८ दिन बित्यो । ‘सुरुको ३ दिन फोन उठाइनसक्नु आयो,अहिले केहि कम भएको छ,शरिरमा कुनै लक्षण भने छैन्,भुषालले भन्नुभयो ‘आत्मबल बढाएको छु, छिटै निको भएर जनताको काममा फर्केनेछु, ।’
‘नगरमा पहिले पटक मेरो वडामा क्वारेन्टाइनमा स्थापना गरियो,२ दिन भित्र आइसोलेशन पनि संचालनमाा आउदैछ,वडा अध्यक्ष भुसालले भन्नुभयो ‘वडाका सबै नागरिक सुरक्षीत रहन धेरैलाई फोन गरेर भनेको छु,सामाजिक दुुरी कायम गरौ,जथाभावी बाहिर नडुलौँ, ।’ स्वास्थ्यकर्मी र संचारकर्मीहरु सँग नजिक रहनुभएका भुसाल सगै २ जना कपिलवस्तुकै संचारकर्मीहरु संगै छन् । उनीहरु सँग वडाले आगामि दिनमा निर्माण गर्ने नया योजनाको विषयमा छलफल हुने गरेको भुसालले बताउनुभयो ।
वडा सदस्यहरु तथा टोल समितिका पदाधिकारीहरुले वडामा भएका गतिविधिहरु दैनिकि रुपमा रिपोटिङ गरिरहेको उहाँले बताउनुभयो । ‘मैले सुझाव दिने गरेको छु,वडामा आइसुलेशन संचालनको अन्तिम तयारीमा छ, भुसालले भन्नुभयो ‘म संक्रमित भएका कारणले वडाका कुनै पनि काम रोकिन दिने छैन्, ।’ वडा अध्यक्ष भुसालले आइसुलेशनमा बस्दा जनतासँग प्रत्यक्ष सम्र्पकमा रहन नसकेको गुनासो गनुभयो । ‘घरमा जस्तो सामान्य अवस्था रहेन,क्वारेन्टाइनको अवस्था प्रतक्ष्य बुझ्न सकिएन, भुसालले भन्नुभयो ‘फोनमा मैले दैनिक रुपमा बुझेको छु, केहि समस्या भएमा फोनबाट समाधानको लागि पहल पनि गरेको छु, ।’
कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लडिरहेको वडा अध्यक्षको भनाई छ । ‘अबका केही दिन मात्र हो त्यसपछि म कोरोना जितेर नागरिक सँग पुग्ने छु’ भुसालले भन्नुभयो ‘कोरोना संक्रमित हुदैमा कोहि पनि मर्दैन,तातोपानी खाउँ,मनोबललाई उच्च गराउ ढुक्क सँग कोरोना जितिन्छ ।’
(तस्बिर ः वडा अध्यक्ष भिष्मराज भुसाल आइसुलेशनमा)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP