Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नयाँ नक्साको विषयमा सजपा अझै पनि अनिर्णित, सर्त राख्ने संभावना

काठमाडौं ।समाजवादी जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधानमा नक्सालाई समेट्ने सम्वन्धी प्रस्तावका बारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताउनु भएको छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले समय आएपछि यस बारेमा निर्णय गर्ने र अहिले नै केही भन्न नसक्ने बताउनुभयो ।

जनताको भावना र देशको आवश्यकता अनुसार संविधान संशोधन सम्वन्धी प्रस्तावमा पार्टीले निर्णय लिने उहाँको भनाई छ । भारतले मिचेको नेपाली भूमिलाई समेत समेटेर नेपालले बनाएको नक्सालाई संविधानमा समावेश गर्ने प्रस्तावमा आफुहरुले मतदान गरिन्छ की गरिन्न अहिले नै भन्न नसकिने उहाँको आशय थियो ।

लामोसमयदेखि संविधान संशोधनको माग राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालले अहिले एकिकरण भएपछि पनि त्यसलाई निरन्तरता दिदै आएका छन् । अहिले नक्साका लागि संविधान संशोधन हुन लागेकाले यही बेलामा आफ्ना मागहरुलाई पनि संवोधन गर्नु पर्ने सर्त राख्दै उनीहरुले हिजो संसद सचिवालयमा संविधान सशंसोधन सम्वन्धी अर्को प्रस्ताव पनि दर्ता गराएका छन् ।

प्रस्तावमा उनीहरुले प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP