Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पुर्व मन्त्रि मिश्रकाे पहलमा कपिलवस्तुमा कराेडाैकाे याेजना

कपिलबस्तु ,

तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना दिइएको छ । जसमध्ये कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को कुल ६ करोड १६ लाख रुपैया बराबरको योजना समावेश गरिएको छ ।

तराई मधेश समृद्धि कार्यक्रमले कृषि, पेशागत तालिम, बिद्यालय भवन, मदरसा भवन, धर्मशाला, सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतिको योजनालाई समावेश गरेको जानकारी पूर्वमन्त्री ईश्वर दयाल मिश्रले दिनु भएको छ ।

साथै बिश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड—१९) रुपी महामारीको रोकथाममा सरकार लागिपरेकोले धेरैजसो योजनाहरु समावेश न भएको प्रति संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीले दुख ब्यक्त गर्नुभएकाे र आगामी आर्थिक बर्षमा सो योजनाहरुलाई प्राथमिकता दिइने आश्वासन समेत दिनु भएको कुरा पूर्व मन्त्री मिश्रले बताएका छन् ।

स्थानीय जनप्रतिनिधिहरुले स्थानीय जनताको आवश्यकतालाई हेर्दै स्थानीय तहको सिफारिस तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रको अथक प्रयास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीको निर्देशनमा कुल ६ करोड १६ लाख रुपैया बराबरको योजनाहरु समावेश भएको कुरा हर्षका साथ बताएका छन् ।

अत्यावश्यक योजनाहरु समावेश गरेको र बाकी योजना समावेश गर्ने आश्वाशन दिएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीलाई कृष्णनगर नगरपालिकाको उपमेयर शबनम खातुन, नेकपा नगरअध्यक्ष जाबेद आलम खा, कृष्णनगर वडा नम्बर ३ का वडाध्यक्ष सगीर अहमद खान, कृष्णनगर वडा नम्बर ५ का वडाध्यक्ष जमिल खा, कृष्णनगर वडा नम्बर १० का वडाध्यक्ष अब्दुल मोबीन खान, कृष्णनगर वडा नम्बर ११ का वडाध्यक्ष फागु मुराऊ लगायत स्थानीय समाजसेवी, बुद्धजीवी युवा बर्ग, बिकासप्रेमी र कृषक अगुवाहरूले धन्यबाद दिएका छन् ।

तराई मधेश समृद्धि योजना अन्तर्गत बिजयनगर गाउँपालिकाको स्वीकृत भएका योजनाहरुको बारेमा कुरा गर्दा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले, २ करोड २२ लाख बराबरको १० वटा योजनाहरु आफ्नो गाउँपालिकामा परेको जानकारी दिदै त्यसको बारम्बार अथक प्रयासको लागि पूर्वमन्त्री मिश्रलाई धन्यवाद दिएका छन् । साथै गाउँपालिका अध्यक्ष थापाले योजनाहरुलाई प्राथमिकता दिई समावेश गर्ने निर्देशन दिएकोमा सं.मा.तथा सा.प्र.मन्त्री मा. त्रिपाठी प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

त्यसैगरी कपिलबस्तु निर्वाचन क्षेत्र ३(क) का प्रदेश सभा सांसद अर्जुन कुमार केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेको शिवराज नगरपालिकाको १ करोड ३७ लाख रुपैया बराबरको ५ योजना र महाराजगंज नगरपालिका ७ को १ करोड रुपैया बराबरको २ योजनाकोलागि सामान्य प्रशासन मन्त्री मा. हृदेश त्रिपाठी र निरन्तर प्रयासरत पूर्वमन्त्री ईश्वर दयाल मिश्र दुबै जनाप्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

ब्यापार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष माधव पोख्रेलले देशमा कोरोना महामारीले आर्थिक संकट उत्पन्न गरेको बेला कपिलबस्तु संसदीय क्षेत्र नम्बर ३ मा ६ करोडको योजना आउनु सानो कुरा न भएकाे बताएका छन् । कपिलबस्तु क्षेत्र नम्बर ३ को योजनाहरुलाई प्राथमिकताका साथ समावेश गरीदिएकोमा मा.हृदेश त्रिपाठीलाई हृदयतल देखि धन्यवाद दिदै पूर्वमन्त्री मिश्रको क्षेत्र बिकास प्रति गर्दै आएको अथक प्रयास प्रसंशनीय भएको बताएका छन् ।

कपिलबस्तुका दश स्थानीय तहहरुमध्ये कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका, शिवराज नगरपालिका र महाराजगंज नगरपालिका ७ को स्थानीय आवश्यकतालाई हेर्दै स्थानिय तहको सिफारिस तथा बिकास प्रेमी पूर्वमन्त्री मिश्रको अथक प्रयास र सामान्य प्रशासन मन्त्री मा.त्रिपाठीको निर्देशनमा समावेश गरिएका योजनाहरु निम्नवत छन् —

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP