Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वाग्मती प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने चक्रपथ निर्माण गरिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको चक्रपथ निर्माण योजनालाई आगामी आर्थिक वर्ष २०७७–७८ देखि कार्यान्वयन गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो। “प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माणको काम आगामी आर्थिक वर्षदेखि गतिवान ढङ्गले शुरु गर्छौँ”, उहाँले भन्नुभयो।

उहाँले चक्रपथको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन निर्माणलगायत कामको तयारी थालिएको बताउनुभयो। आगामी बजेटमा उक्त मार्गले उपयुक्त स्थान पाउने उहाँले जानकारी दिनुभयो। मन्त्री फुँयालले यसबाहेक मन्त्रलयले यसै वर्षको असार मसान्तभित्र वाग्मती प्रदेश यातायात गुरुयोजना तयार गर्ने काम सम्पन्न गर्ने, प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडकको समेत निर्माण प्रारम्भ हुने जानकारी दिनुभयो। फुँयालले हेटौँडादेखि काठमाडौँसम्म जोड्ने मदन भण्डारीमार्गअन्तर्गत भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक दुई लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको र चाँडै नै कालोपत्रको काम पनि शुरु हुने बताउनुभयो।

पुष्पलाल प्रदेश चक्रपथ रामेछापबाट–दोलखा–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली हुँदै पुनः रामेछाप जोडिने बताइएको छ । चक्रपथका लागि सिन्धुपाल्चोक रसुवा खण्डको निर्माणकार्य तत्काल अघि बढाइने जनाइएको छ । प्रदेश सरकारले मुख्यमन्त्री सडक कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकामसँग स्थानीय तहहरूको केन्द्र जोड्ने सडक सङ्घीय सरकारसँग सहकार्यमा वर्षैभरि सञ्चालन हुने सडकका रूपमा आगामी पाँच वर्षमा सम्पन्न हुने गरी स्तरोन्नति गर्ने, प्रदेशभित्र आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिने र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा हाल सञ्चालनमा रहेका सडकलाई स्तरोन्नति गरी काँठ चक्रपथका रूपमा विकास गरिने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै १०४ वर्ष अगाडि बनेको दक्षिण एशियाकै पहिलो मानवनिर्मित चुरियामाई सुरुङलाई प्रदेशको ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरी अध्ययन केन्द्र बनाइने, ऐतिहासिक हेटौँडा–काठमाडौँ रज्जु मार्ग (रोप–वे) लाई लगानी बोर्डबाट भएको अध्ययनका आधारमा सार्वजनिक–निजी साझेदारी कार्यक्रममार्फत पर्यटकीय यात्रामार्गका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ ।

त्यस्तै प्रदेश सरकारले नीति तथा कार्यक्रमअनुसार प्रदेशभित्र किफायती, सुरक्षित, भरपर्दो र वातावरणमैत्री यातायात सञ्चालनका लागि प्रदेश यातायात निगम लिमिटेड स्थापना गरी सञ्चालन गरी विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन दिइने, यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित बनाउन सम्पूर्ण सवारी साधनको विवरण डिजिटल प्रविधिमा लाने तथा अनलाइनमार्फत सेवा प्रदान गर्ने एवं सवारी चालक अनुमतिपत्रको छपाइ र वितरणको वैज्ञानिक प्रणाली विकास गर्ने भएको छ ।

त्यसैगरी प्रदेश सरकारले राजधानीभित्र छरिएर रहेका अटोमेकानिकल वर्कसपलाई व्यवस्थित गर्न अटोभिलेज स्थापना गर्ने भएको छ । अटोभिलेजको कामको विस्तृत आयोजना प्रतिवेदनबमोजिम भिलेज तयार गर्ने र आगामी दुई वर्षभित्र सम्पूर्ण अटोमेकानिकल वर्कसपलाई उक्त अटोभिलेजमा स्थानान्तरण गर्ने जनाइएको छ । -रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP