Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नक्कली बिरामी बनेर एम्बुलेन्समा लागुऔषध तस्करी : तीन जना पक्राउ

दाङ – नक्कली बिरामी बनेर एम्बुलेन्समा खैरो हेरोइन बोकेर आउँदै गरेका तीन जना दाङमा पक्राउ परेका छन् ।

तुल्सीपुर उद्योग वाणिज्य संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा बाँकेको नेपालगञ्जबाट दाङको तुल्सीपुर आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर-१३ऽ दमारगाउँ अस्थायी प्रहरी पोष्टमा जाँच गर्दा एम्बुलेन्समा रहेका दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ बरालाका २३ वर्षीय शंकर पुन नक्कली बिरामी बनेर १६ ग्राम ४ सय ५० मिलिग्राम खैरो हेराेइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा आएकी तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की १८ वर्षीया दिपा थापालाई सोधपुछ गर्दा शंकर नक्कली बिरामी बनेर आएको जानकारी पाएपछि उनको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लाष्टिकका दुइवटा पोका बनाइ लुकाइराखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पुन, थापा र एम्बुलेन्स चालक दाङको दंगीशरणका तिलक विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP