दिपेन्द्र खत्री गुल्मी

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं २ का क्वारेन्टाइनमा रहेका १८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मालारानी गाउँपालिका वडा न २ देउराली अाधारभुत मा १० र सर्बाेदय प्रबिकाे क्वारेन्टाइनमा रहेका ८ जना गरी १८ जनाकाे आरडिटी रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (बिनाेद)ले जानाकारी दिनुभयाे ।
छिमेकी मुलुक भारतबाट जेठ १० गते मालारानी आएका उनिहरुलार्इ दुई बिधालयकाे क्वारेन्टाइन राखिएको थियो । उनी हरुको अबधि पुरा भइसकेपछि जेठ २५ गते स्वास्थ्य परीक्षण गर्दा १८ जनामा आरडिटी रिपोर्ट नेगेटिभ देखिएको हो ।
अब सबै जनालाई घरमा सुरक्षीत होम क्वारेन्टाईनमा पठाइएको वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (बिनाेद )ले जानाकारी दिनुभयाे । आरडिटी रिपोर्ट आउँदैमा कोरोना पुष्टि नहुने भएकाले कोरोनाको हल्ला नफैलार्इ सबैलाई सावधानी अपनाउन वडा अध्यक्ष भुसाल ले आग्रह गर्नुभयाे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया