Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रहरीलाई डा.शेखरको आह्वान “भ्रष्टाचारको विरोध गर्ने युवामाथी डण्डा नचलाउ”

नेपाली काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्ने युवाहरुमाथी डण्डा नचलाउन प्रहरीलाई आह्वान गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्क मार्फत् उहाँले भन्नुभयो, प्रहरी दाजुभाइहरुलाई म आह्वान गर्दछु की सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरुलाई तपाईले डण्डा नचलाउनुस् । उहाँले गलत क्रियाकलाप रोक्नु प्रहरीको पनि दायित्व भएकाले आन्दोलनकारी युवाहरुलाई प्रहरीले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले दिएका सवै आदेश सही नहुन सक्छन र सही आदेश मात्रै मान्नु पर्दछ, गलत आदेशहरु मान्नु हुदैन, त्यसैले प्रहरी दाजुभाइहरु तपाईहरु कुनै पनि किसिमको गलत आदेशलाई नमान्नु ।”

शान्तिपुर्ण आन्दोलनमा डण्डा, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्न नपाईने पनि काँग्रेस नेता कोइरालाले दावी गर्नुभयो ।

विगतमा पनि जनताले उठाएको आन्दोलनमा प्रहरी र सेनाको सहयोग रहेको स्मरण गर्दै उहाँले अहिले पनि जनताले स्वतस्फुर्त रुपमा गरेको आन्दोलनमा सुरक्षाकर्मीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जनता सडकमा उत्र्रिएपछि कसैको केही नलाग्ने दावी गर्दै उहाँले जनआवाजलाई बेलैमा सुन्न सरकारलाई सुझाव दिनुभयो ।

जव जनसागर सडकमा आएपछि प्रहरीको पनि केही नलाग्ने र कुनै निरंकुश शासकहरुले पनि रोक्न नसक्ने नेता कोइरालाले चेतावनी दिनुभयो ।

गलत गर्नेहरुलाई निरुत्साहित गर्ने र सही गर्नेहरुलाई सहयोग गरेमा मात्रै असल प्रहरी बन्न सकिने उहाँको भनाई छ । ठिक र बेठिक छुट्याउन नसकेमा प्रहरी नै अफ्यारोमा पर्ने उहाँले बताउनु भयो ।

नेता कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिकांश भाषण झुट भएको दावी गर्र्दै भ्रष्टाचार गर्दिन भन्ने तर भ्रष्टाचारीको संरक्षण गर्ने गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेको सुन्दा हासो उठ्ने गरेका कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP