कपिलवस्तु ३० जेठ
कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट लकडाउन अवधिमा अवैध रुपमा ओसारपसार गर्दै गरेको मदिरा तथा औषधिलाई शुक्रवार नष्ट गरीएको छ । सीमा क्षेत्रमा औषधीजन्य सामाग्री नेपाल ल्याउने र मदिरा तथा सुर्तीजन्या पदार्थ भारत तर्फ लैजाने गरेको अवस्थामा बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।
यस अवधिका कृष्णनगर क्षेत्रबाट रु ३ लाख बराबरको मदिरा र रु दुई लाख ८० हजार बराबरको औषधि नष्ट गरीएको पौडेलले बताउनुभयो ।लकडाउन उल्लघन गरी,अवैध रुपमा सामाग्री ओसारपोसार गरेको सुचनाको आधारमा प्रहरी उक्त स्थालहरुमा पुग्दा सामाग्री छोडेर मानिसहरु फरार हुने गरेको उहाँले बताउनुभयो । अवैध सामाग्री सगै ५ वटा साइकल पनि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया