Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज नगरपालिका वडा ३ द्धारा ४७ कृषकलाई उपहार

माधव बेल्बासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले कृषकलाई हौसाला प्रदान गर्नको लागि उपहार कार्यक्रम संचालन गरेको छ । उपहारमा कृषकको ४० प्रतिशत लगानि रहने र ६० प्रतिशत वडाले सहयोग गर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षमा वडा बिनियोजन गरेको ५ लाख रुपैँयामा वडाका ४७ जना कृषकलाई सिचाई सामाग्री र घाँस काट्ने मेसिन बितरण गरेको छ ।


आईतबार वडा कार्यालयमा पुगेका कृषकलाई उक्त सामाग्री बितराण गरिएको छ । वडाका अधिकांश नागरिकहरुले कृषि पेशा गरेको भन्दै वास्तविक किसानले सामाग्रीहरु पाएको अध्यक्ष सापकोटाले बताउनुभयो । कृषकले उत्पादन बढाउने र आर्थिक स्थितिमा सुधार ल्याउन सामाग्री वितरण गरेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरले पनि कृषकलाई प्राथमिकतामा राखेको भन्दै वडाले वार्षिय योजनामा किसान लक्षीत कार्यक्रम राखेर किसानलाई सहज भएको बताउनुभयो । कृषिमा क्रान्ती गर्न आवश्यक रहेको भन्दै अहिले तिनवटै सरकारले किसान लक्षीत कार्याक्रम निर्माण गरेको बताउनुभयो । वडाले गरेको यो कार्यक्रमले किसानलाई सहज भएको कृषक हिरालाल थारुले बताउनुभयो । कृषकहरुको पनि लागनि लाग्ने व्यावस्था मिलाएकोले यस कार्यक्रमवाट अतिआवश्यकले मात्र पाउने उहाँले बताउनुभयो । घाँस काट्ने मेसिन २७ थान, सिचाईको लागि पानी तन्ने १५ थान मोटर र ५ थान पम्पसेट वितरण गरिएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP