Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लकडाउन खुकुलो पार्ने यस्तो छ फ्रान्सेली मोडल

एजेन्सी ।फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोनाभाइरस सङ्क्रमणका कारण लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन्।

सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन्। अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ। कोभिड–१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ।

टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले “पहिलो जित“ हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए।

यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो।

माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ।

सावधान रहन आवश्यक

तर राष्ट्रपति माक्रोँले भने, “यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ।

सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ।”

मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन्।

तर उनले “भाइरस फैलाउने मुख्य स्थान भन्दै“ ठूला सभाहरूको आयोजनामा भने “कडा रूपमा नियन्त्रण“ गरिनुपर्ने बताएका छन्।

पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ।फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९,४०० भन्दा बढी छ। त्यस्तै १,९४,००० सङ्क्रमणका घटना पुष्टि भएका छन्।

फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो।त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो।

कोरोना भाइरस ब्रिटेनस् दुई मिटरको सामाजिक दूरी नियम समीक्षा गरिने

ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले २ मिटरको (६ फिट) सामाजिक दूरी कायम गर्ने नियमलाई समीक्षा गर्न आदेश दिएका छन्।

व्यवसायिक क्षेत्र र जोन्सनका केही सांसद्हरूले दुई मिटरकै दूरी कायम राखेर आतिथ्य क्षेत्रको ठूलो हिस्सा काम गर्न नसक्ने बताएका थिए।

कस्तो समीक्षा?
पूर्व कन्जर्भेटिभ नेता सर इयान डङ्कन स्मिथले त्यस्तो समीक्षाको औचित्यमाथि प्रश्न उठाउँदै भनेका छन्( “प्रमाण हामीसँग अहिले नै छ।“

“त्यहाँ समीक्षा भए पनि नभए पनि त्यो प्रधानमन्त्रीसामु राजनीतिक निर्णय गर्नुपर्ने अवस्थामा पुग्नेछ,“ यसअघि दुई मिटरको दूरीले आर्थिक क्षेत्र तङ्ग्रिन ढिलो हुने बताएका सर इयानले भने।

“उनले अहिले अर्थतन्त्रको राम्रोका लागि निर्णय गर्नुपर्छ। यदि समीक्षा गरिने हो भने त्यो छिटो हुनुपर्छ।“

दुई मिटरको दूरी कति हुन्छ

त्यस्तो समीक्षाबारे आइतवार पहिलोपटक द मेल पत्रिकामा समाचार छापिएको थियो।

जसमा उल्लेख गरिए अनुसार समीक्षा गर्दा वैज्ञानिकका साथै अर्थशास्त्रीहरूको समेत धारणा लिइनेछ।

ब्रिटेनमा दूरी किन धेरै छ?
यतिखेर यूकेको सरकारले मानिसहरूलाई कोरोनाभाइरस फैलनबाट बच्न अन्य मानिसहरूभन्दा २ मिटर पर रहन सुझाएको छ।

लण्डनको त्यस्तो सुझाव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को भन्दा बढि हो।

डब्ल्यूएचओले फ्रान्स र डेनमार्कलेझैँ कम्तीमा एक मिटर (तीन फिटभन्दा केही बढी) दूरी कायम राख्न सुझाएको छ।

तर यूके सरकारका सल्लाहकार रहेका वैज्ञानिकहरूले दुई मिटरको तुलनामा एक मिटर मात्र दूरी कायम गर्दा जोखिम १० गुणा बढ्ता हुने बताएका थिए।

यद्यपि भाइरस महामारीको मार खेपिरहेको यूकेको अर्थतन्त्रमा यस नियमको प्रभावबारे अहिले निकै चासो बढेको छ।

प्रभाव
केही बार तथा रेष्टुराँ एवम् पबहरूले दुई मिटरको दूरी कायम गरेमा आफ्ना व्यवसाय खुला गर्दा समेत कुनै मुनाफा कमाउन नसकिने बताए। त्यस्तो दूरी नघटाइए दशौँ हजारको रोजगारी गुम्ने पर्यटन व्यावसायीहरूले बताएका छन्।

मानिसमा दूरी कायम गराउन ’यान्त्रिक कुकुर’
यूके हस्पिटालिटी नामको सङ्गठनका प्रमुख कार्यकारी केट निक्होल्सका अनुसार दुई मिटरको दूरी कायम हुँदा व्यवसायहरूले सामान्य समयको तुलनामा ३० प्रतिशत आम्दानी गर्न सक्नेछन्।

“जबकी १ मिटरको दूरी कायम हुँदा त्यस्तो आम्दानी अरूबेला भन्दा ६० देखि ७५ प्रतिशत पुग्ने देखिन्छ।“

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP