काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपाललाई हेर्ने दृष्टिकोणमा भारतभित्रै दुईटा भारत भएको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उहाँलेवर्तमान सरकारले भारत भित्रको यही सत्यतालाई बुझ्न नसकेकाले नेपाल भारत सम्बन्धमा फेरी अप्ठ्यारो अवस्था उत्पन्न भएको धारणा राख्नुभयो ।
उहाँले भारतीय राजनीतिक नेतृत्व र त्यहाँको परराष्ट्र मन्त्रालयबीचमा नै नेपाललाई हेर्ने दृष्टिकोण फरक भएकाले राजनीतिक तहबाट भएका कतिपय निर्णयहरु कार्यान्वयनमा जान नसक्ने र कतिपय निर्णयहरु नेतृत्व तहसम्म पुग्दै नपुग्ने अवस्था रहेकाले त्यो विषयलाई नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म बुझ्नै नसकेको बताउनुभयो ।
उहाँले भारतसँगको वार्ताको प्रक्रिया पहिले कुटनीतिक तहबाट अगाडी बढाउनुपर्नेमा नेपाल सरकारले भारत सरकारलाई सिधै नोट पठाउदा कर्मचारीले स्वीकार नगरेकाले त्यो माथिल्लो तहसम्म पुग्न नसकेको दावी गर्नुभयो ।
उपाध्यायले भन्नुभयो,‘भारतको व्युरोक्रेसीले कतिपय राजनीतिक निर्णय उल्टाएका उदाहरणहरु छन् । प्रधानमन्त्रीले दिएको निर्देशनलाई त्यहाँको परराष्ट्र मन्त्रालयले परिवर्तन गर्न सक्ने अवस्था छ । यस हिसावमा नेपालको कुटनीति असफल भयो ।’
उपाध्यायले नेपालका कुन पार्टी र कुन नेताले भारतका विषयमा के बोल्छन र के गर्छन् भन्ने कुरा भारतलाई पहिले देखिनै थाहा भएकाले अरु नेताहरुले जे बोले पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री नानाथरि बोल्दा कुटनीतिक मर्यादा भङ्ग भएको दावी गर्नुभयो । उहाँले अहिले कमजोर देखिएको राजनीतिक र कुटनीतिक सम्बन्धलाई मजबुद बनाएर गएको खण्डमा नक्सा वा सीमाका विषयमा वार्ता गर्दिन भन्न भारतले नसक्ने दावी गर्नुभयो ।
पूर्वराजदूत उपाध्यायले अहिले नेपाल र भारतले दावी गरिरहेको कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्र विवादीत हो र यसलाई वार्ताबाटै समाधान गर्नुपर्छ भन्ने कुरा दुवै देशले स्वीकार गरिरहेको विषय भएपनि भारतीय कूटनीतिसँग नेपाली कुटनीति असफल भएको बताउनुभयो ।
उपध्यायले भन्नुभयो,‘नेपाल भारत सम्बन्धको सुधारका लागि वार्ता नै हो । सम्बन्ध सरकार र पार्टीसंग मात्र जैन जनता र संस्कृतीसँग जोडिएकाले यहाँ राजनीति र कुटनीतिको मात्रै कुरा आउदैन । भारतले पनि कालापानी र लिपुलेकबारे विवाद भनेर जानेकै थियो । उसले नक्सा निकालेपछि वार्ताका लागि नेपालले गरेको आग्रहलाई अश्विकार गर्नु गलत भयो । यस विषयमा भारतको परराष्ट्र मन्त्रालयको पनि कम्जारी देखियो ।’
उहाँले नेपाल भारत सम्बन्धमा रानीतिक विवादले प्रभाव पार्न नसक्ने भन्दै नेपाल भारतको कुटनीतिक विफलतालाई सच्याएर संवाद सुरु नगरे यसको असर नेपाललाई भन्दा भारतलाई बढी पर्ने र यो कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राम्ररी थाहा भएको बताउनुभयो । कूटनीति परिणामममा आउनुपर्ने भन्दै उपाध्यायले नेपालको स्वाभिमान मोदीले बुझेपनि भारतको कर्मचारी तन्त्रले बाहिर आउन नदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सम्बन्ध विग्रीयो भने भारत सरकारविरुद्ध भारतीय जनता आउँछन । जनस्तरको सम्बन्ध विगार्न सक्दैन । भूगोल बदल्न सकिदैन । प्रधानमन्त्री र परराष्टमन्त्रीले राम्रो बाल्न सिक्नुपर्यो । यस्ता बोलीले कुटनीतिक सम्बन्धमा सुधार अउँदैन । भारतीय कुटनीतिज्ञहरु पहिले मसँग पनि नेपालले विकल्प खोजे हुन्छ भन्थे । त्यहाँको व्युरोक्रेसी नेपालप्रति नेगेटिभ छ । त्यहाँ दुइवटा भारत छ । एउटा व्युरोक्रेसी अर्को प्रधानमन्त्री । यो कुरा नेपालले बुभ्नुपर्छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया