काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लकडाउनको समय दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वमा गठित कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति अनुगमन समितिले यस्तो निष्कर्ष निकालेको हो।
उक्त समितिले कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएर लामो समय सत्ता संघर्षमा समय खेर फालेको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनुपर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिद देखि कोभिड–१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो।
दैनिक संक्रमितको संख्या बढ्दो, १९ जनाको ज्यान जानु, ज्यान गुमाएकाहरुमध्ये पनि अधिकांशको मृत्युपछि मात्र कोभिड–१९ पुष्टि हुनु र क्वारेन्टाइनको अवस्था भद्रगोल हुनुले सरकार वेतिथि प्रष्ट पारेको कांग्रेसको निष्कर्ष छ।
सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टिनमा लागू नभएको महतले बताउनुभयो। क्वारेन्टिनमा दुई हप्ताभन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको र परीक्षण भएकाहरुको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको उहाँको भनाइ छ ।
कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका, क्वारेन्टाइनहरुमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरु समेत सार्वजनिक भैरहेको भन्दै महतले कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय भएको बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया