Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शिवराज नगरपालिका वडा न ७ मा आज देखि प्रधानमन्त्री राेजगार कार्यक्रमको सुरुवात

चन्द्राैटा 

शिवराज नगरपालिका वडा न ७ मा आज देखि  प्रधानमन्त्री राेजगार  कार्यक्रमको  औपचारीक उद्भाटन भएकाे छ । शिवराज नगरपािलका वडा न ७ का वडा अध्यक्ष अनुप कुमार चाैधरीले  कार्यक्रमको उद्घाटन गरेका हुन ।

“कार्यक्रममा बाेल्दै चाैधरीले यस किसिमका कार्यक्रमले वेरोजगार युवाले रोजगारमा संलग्घ हुन पाउँदा आर्थिक संकलन संगै जिविकोपार्जनमा सजिलो हुने बताए” । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेकाे हाे । श्रमकाे सम्मान राष्टकाे अभियान श्रमिकलक्षित छ ।

कार्यक्रम अनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास अभियानकाे भए पनि काेराेना महामारी सग केन्द्र वाट रकम ढिलाे आजएकाेले कार्यक्रम सचालनमा समस्या भएकाे राेजगार संयोजक प्रशुराम घिमिरेले बताए ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास भएको  गाउँ वा नगरपालिकाको वडा कार्यालयमा गएर फाराम बुझाउनु पर्ने घििमरेले कपुरी अनलाइनलाइ बताए । प्रत्येक स्थानिय तहमा सेवा केन्द्र सचालनमा रहेका छन ।  सेवा केन्द्रले पठाएको विवरणका आधारमा गाउँपालिका वा नगरपालिकाले उनीहरू बेरोजगार हुन् भन्ने निर्णय गरने र राेजगारका लागि छनाेट गरिएकाे शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पाैडेलले बताए ।

त्यसरी निर्णय भएका व्यक्तिहरूको सूची स्थानीय तहको रोजगार व्यवस्थापन सूचना प्रणालीमा इन्ट्री गरि  कुनै पनि आयोजनाले आफूलाई श्रमिक चाहिएमा गाउँ र नगरमा रहेको रोजगार सेवा केन्द्रमा निवेदन दिए व्यक्तिलाइ  त्यही निवेदनकाे आधारमा केन्द्रले आफ्नो सूचीमा रहेका बेरोजगारलाई काम लागि वडामा पठाउने पाैडेलले बताए । श्रमिकले काम गरेको दिनको पारिश्रमिक नगरपालिकाले   बैंक खातामा पठायने प्रावधान रहेकाे छ ।

सरकारले १०० दिनसम्मको काम खोजिदिन नसकेको अवस्थामा बेरोजगार व्यक्तिलाई जीवन निर्वाह भत्ता भनेर केही रकम दिइने र  त्यो रकम १०० दिनको न्युनतम तलबको आधा भएकाे र सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ।

रोजगारीको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार तपाईं वर्षभरि बेरोजगार भएकाले मात्र भत्ता पाइने छैन । परिवारको कुनै एक सदस्यको रोजगारी भए अर्को बेरोजगारले यस्तो पैसा पाउँदैनन् । त्यस्तै, सरकारले तोकेको भन्दा वार्षिक कम आय भएका परिवारलाई मात्र यस्तो भत्ता दिइने व्यवस्था रहेकाे घिमिरेले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP