Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वरेण्टीनमा बसेकाहरुको आन्दोलन

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वरेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । 

घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका हुन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी  समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

भारतबाट फर्किएको महिना दिनभन्दा बढी समय क्वरेण्टीनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले बताउनुभयो ।

रझेनामा रहेको क्वरेण्टीनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वरेण्टीनमा पठाएको समेत उहाँले बताउनुभयो । आफूले सम्झाई बुझाई गरे पनि उनीहरु नमानेर प्रतिष्ठान गएको घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले बताउनुभयो ।

‘क्वरेण्टीन बसेको महिना दिन पूरा भएको र स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी भैसक्दा पनि रिपोर्ट नआएपछि उनीहरु प्रतिष्ठान गएका हुन्’, वडा अध्यक्ष अर्यालले भन्नुभयो, ‘क्वरेण्टीनमा बसेकाहरु समयमै रिपोर्ट नआउँदा आक्रोशित भएका छन्, मैले जति सम्झाउँदा पनि मानेनन् ।’ 

स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यका अनुसार प्रतिष्ठानमा अझै परीक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वाबहरु रहेका छन् । 

प्रतिष्ठानमा दुई वटा पीसीआर मेसिन सञ्चालनमा आए पनि ल्याबमा काम गर्ने जनशक्ति बिरामी भएका कारण कोरोना परीक्षणमा ढिलाई भएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP