Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै

 

वीरगञ्ज : वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ।

वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्कातर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए । “अत्यधिक सवारी चाप हुने घण्टाघर लगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ”, उनले भने, “टाँगा चालकलाई बसपार्कदेखि रजतजयन्ती चोकदेखि मितेरीपुलसम्म चलाउन अनुरोध गर्दै आइरहेका छौँ। मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा पनि विभिन्न खालका अप्ठेरा देखिरहेका छन्।”

टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्छ। अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गर्छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन्।

वीरगञ्ज आसपासमा दुवैतर्फका करिब डेढ सयको हाराहारीमा टाँगा चल्ने गर्छन्। जसमा नेपाली नागरिकले सञ्चालन गरेका ७५ र भारतीय नागरिकले सञ्चालन गरेका ७५ वटा टाँगा रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँलगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आइरहेका छन्। ट्राफिक प्रहरीले गत मङ्गलबार घण्टाघर क्षेत्रमा चलाएका चार वटा टाँगालाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गराएको थियो।

प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले पनि टाँगा नचलाउनको लागि अनुरोध गर्दै आइरहेको बताए। वीरगञ्ज टाँगा सङ्घका अध्यक्ष शेख कलामले घण्टाघर–रेल्वे अटोरिक्सा चोकमा धेरै यात्रु पाइने भएकाले पनि बसपार्कबाट टाँगा चलाउन अप्ठेरो भइरहेको बताए।

“एकदमै आर्थिक अवस्था कमजोर भएकाले टाँगा चलाउने भएकाले पनि प्रहरी प्रशासनले तोकेको रूटमा टाँगा चलाउन कमाइ नहुने देखिएको छ”, उनले भने, “अटोरिक्सा किन्नका लागि चार लाखभन्दा धेरै मूल्य पर्ने भएकाले पनि समस्या भइरहेको छ ।” वीरगञ्जमा टाँगा तान्ने घोडासहित औषतमा रू ६० हजारदेखि एक लाख रकममा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP