काठमाडौँ : नेपालस्थित बेलायती राजदूत रब फेनले जनकपुर जानकीमन्दिर पुगेर आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाएका छन्। राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ।
मिथिला परम्परानुसारको मौर पाग लगाएका राजदूतले रातो साडी लगाएकी श्रीमती जुलियालाई सुनको औंठी लगाइदिएको त्यस अवसरमा दुलाहा र दुलहीलाई झैँ लगनगाँठो पनि कसिएको थियो।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेशकी मन्त्री रानी शर्मा तिवारी, जनकपुरका मेयर मनोजकुमार साहले जानकी मन्दिर पुगेर जोडीलाई बधाई दिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया