Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

काठमाडौँमा पढ्न चाहने कर्णालीका विद्यार्थीलाई महालक्ष्मी विकास बैंकले दियो छात्रवृत्ति

काठमाडौँ : महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशको १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर काठमाडौँमा अध्ययन गर्न चाहने जेहेन्दार तथा निम्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति रकम प्रदान गरेको छ।

बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र कालीकोटसँगको समन्वयमा बैंकको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति बराबरको रकम प्रदान गरेको हो।

जसअन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौँ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रकम प्रदान गरिएको हो।

यसरी सामाजिक उत्तरदायित्त्वअन्तर्गत बैंकले छात्रवृत्ति उपलब्ध गराउँदा आर्थिक अभावमा जेहेन्दार तर विपन्न विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने चाहनाले मूर्त रुप लिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप बैंकले यस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिलाई व्यावहारिकतामा उतार्दै बैंकको मोबाइल एप्लिकेशन परिष्कृत गरेर “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP