काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने भराउने म्याद थप गरेको छ। स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई दिएको जानकारीअनुसार ४५ दिनको म्याद सकिए पनि थप माघ ६ गतेसम्मको लागि म्याद थप गरिएको छ।
विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीहरूका लागि कात्तिक २९ गते फाराम भर्न सूचना प्रकाशन गरेको थियो।
‘प्रकाशित गरिएको ४५ दिनको म्याद समाप्त भएकाले २०८१।१०।६ सम्म म्याद थप गरिएको छ’, सूचनामा उल्लेख छ, ‘फाराम भर्न भराउन छुट भई छात्रवृत्ति उपलब्ध नभए स्वयम् विद्यालय जिम्मेवार हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया