Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

गोरखा–काठमाडौं एकीकरण पदयात्रा

गोरखा : नेपाली सेनाले आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ।

पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान पदयात्रा सुरु भएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार नेपाली सेनाको ब्यान्ड बाजा, पन्चेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेँसी पुर्‍याइने उनले बताए। साँझ धादिङको टोलीलाई टर्च र झन्डा दिएर गोरखाको टोली गोरखा फिर्ता भएको छ।

सेनाको पश्चिम पृतनाका पृतनापति माथवर सिंह कार्की र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले एक कार्यक्रमकाबिच पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनालाई राष्ट्रिय झन्डा र टर्चसहित शाहले स्थापना गरेको पुरानो गोरख गण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झन्डा हस्तान्तरण गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ।

गोरखाबाट पठाइएको टर्च र झन्डा २६ गते साँझसम्म काठमाडौंको हनुमान ढोका पुर्‍याइने छ। २७ गते हनुमानढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मूल समराहोमा सार्दुजङ्ग गुल्मले उक्त टर्च र झन्डासहित प्रस्तुति गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेनाले गोरखा–काठमाडौँ पदयात्रालाई गोरखा नगरपालिकाको पर्यटन वर्षसँग जोडेर अगाडि बढाउने निर्णय भएको रिपुमर्दन गणका गणपति क्षेत्रीले बताए। शाहले गोरखा राज्य विस्तारका क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौंमा हमला गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP