Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रले रोके आन्दोलन

काठमाडौँ : सार्वजनिक शिक्षा सुधारको माग राख्दै ८ दिनदेखि माइतीघर मण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागार्ईंले आन्दोलन स्थगित गरेका छन्।

आज(सोमवार) माइतीघरमा पुगेर शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन्।

शिक्षा सुधारका १५ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गर्दै उनले सात वटै प्रदेशका शहरमा उभिएर आन्दोलन गरिसकेपछि पुस १४ गतेदेखि माइतीघर मण्डलमा पुन: उभिएर आन्दोलन थालेका थिए।

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका उनी खुट्टा सुन्निए पनि बैशाखीको सहारामा उभिएर आन्दोलन गरिरहेका थिए। गत असोजमा पनि उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षा सुधारका लागि १४ बुँदे समाधान तथा सुझावपत्र बुझाएका थिए।

उनैले गत जेठमा ‘गुणस्तरीय शिक्षाको आधार, इसीडी शिक्षामा सुधार’ नारा लेखिएको कागजी टोपीसहित माइतीघर मण्डलामा उभिएर विरोध प्रदर्शन गरेका थिए।

सरकारले ती माग सम्बोधन नगरेपछि उनले पुन: उभिएर आन्दोलन थालेका हुन्। शिक्षामन्त्रीले उनका ती मागहरु सम्बोधन गर्ने आश्वासन दिइन्। उनले भनिन्,‘तपाइले शिक्षा सुधारका विभिन्न मागलाई लिएर शान्तिपूर्ण आन्दोलन गर्नुभयो, मन्त्रालयले ती मागहरू सम्बोधन गर्छ, शिक्षा विधेयकबाट पनि हुने छ।’

शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले पुस अन्तिम सातामा बस्ने समिति बैठकमा चापागाईंलाई पनि बोलाएर उनको मागबारे थप छलफल गरेर समाधान निकाल्ने बताए।

माग सम्बोधन नभए पुन: २४सैँ घण्टा उभिएर आन्दोलन गर्ने नेत्रको अडान छ। ‘शिक्षामन्त्री ज्यूले माग सम्बोधन गर्ने आश्वासन दिनुभएपछि मैले आन्दोलन स्थगित गरेको छु, ती माग पूरा नभए, बेवास्ता गरिए फेरि आन्दोलनमै फर्किने छु, ’उनले भने।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP