Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

 

पोखरा : पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी थालेको छ। पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास बनाउन तयारी थालिएको हो।

नयाँ छात्रावास भवन १ सय विद्यार्थी क्षमताको पाँचतले हुने र पहिलो तला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए।

विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता भएको जानकारी उनले दिए।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक इञ्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्राडा बेदराज केसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेको सूचना अधिकारी ढकालले जानकारी दिए।

सम्झौताअनुुसार छात्रावास भवनको डिजाइन फागुनभित्र तयार पार्ने जनाइएको छ। परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैँचा र पार्किङ) को विस्तृत वास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन्।

सम्झौताको कूल रकम १७ लाख ८८ हजार २२५ रुपैयाँ रहेको विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP