Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुमा विद्युत चुहावट बढ्यो

कपिलवस्तु,

 कोरोनाका कारण जारी लकडाउनले विद्युत चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणकालागि अभियान चलाईएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोना भाईरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ-गाउँमा फेरी हुकिङ गर्ने तथा मिटर बिगार्ने गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाउ गाउँमा विद्युत चुहावट अभियान चलाईएको प्राधिकरण तौलिहावाका प्रमखु जय कुमार यादवले बताउनुभयो । कारेना भाईरसका कारण कर्मचारीहरु फिल्ममा खटिन नसके पछि गत चैत यता चुहावट बढेको उनले बताए । अहिले लकडानउ खुले पछि कर्मचारीहरुलाई चुहावट बढी हुने दक्षिणी क्षेत्र तर्फ परिचालन गरिएको उहाँले बताउनुभयो ।

रातको सयममा हुकिङ गरी चोरी गर्ने गरिएकाले सुराकीकालागि कर्मचारीहरुलाई मोटरसाईलमा पठाउने गरिएको छ । पहिला चोरी गर्ने स्थान र व्यक्तिको पहिचान गर्छौ, अनि टोलीलाई त्यहा पठाउने गरेका छौ ’ प्रमुख यादवले भन्नुभयो । मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका विभिन्न गाउँहरुमा चुहावट बढी हुने गरेको छ ।

पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउँहरुमा संगठितरुपमा नै विद्युत चोरी गरिएको पाईएको छ । चोरीमा संलग्न २ जनालाई जरिवाना तिराई छाडिएको छ । यस्तै पर्साहियामा २ वटा मोटर, सिसहीनायमा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा एक तथा तौहिलवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको छ ।

अभियान अन्तर्गत नै गत जेठ ३१ गते बलुहवामा चुहावट नियन्त्रणका क्रममा कर्मचारीमाथी दब्र्यवहार गरिए पछि गाउँ नै ब्ल्याक आउट गरिएको थियो । माफी माग्दै जरिवाना तिरे पछि एक दिन पछि संचालन गरिएको थियो । चुहावट नियन्त्रणकालागि जनप्रतिनिधि, अगुवाहरुलाई आगैह गरिए पनि चासो नदिदा चुहावट नियन्त्रणमा कठिनाई भएको प्रमुख यादवले बताउनुभयो । ३ महिनाको लकडाउनले गर्दा चुहावट प्रतिशत समेत बढेको छ । गत बर्ष यही अवधिमा १२ प्रतिशत सम्म चुहावट झारिएकोमा अहिले भने २५ प्रतिशत चुहावट भएको छ ।

लडडाउनले विद्युत महसुल संकलन समेत घटेको छ । लकडाउन अघि मासिक चार करोड बढी संकलन भएकोमा अहिले मासिक सवा कारोडको हाराहारीमा मात्र संकलन भईरहेको छ । उता शिवगढीमा मिटर रिडरलाई समेत कोरोना लागे पछि विद्युतका कर्मचारी समेत डराएकाले काम गर्न गाह्रो परेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP