कपिलवस्तु
विश्व महामारीको चपेटमा परि रहदा नेपालमा ९२ दिनको लामो लकडाउन चलि रहेको छ ।
लकडाउनले गर्दा गरिब,विपन्न,एकल महिला तथा अपाङ्गता भएकाे व्याक्ति समयमा राहत नपाउदा भुखमरीको कगारमा पुग्न लग्द कपिलवस्तुमा ८९ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिका,कपिलवस्तु नगरपालिक र शुद्धोधन गाउपालिकाका ८९ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न.१ मडहाका २१, शुद्धोधन गाउपालिका वडा नं.५ गनवरियाका ३३ र कपिलवस्तु नगरपालिकाका ३५ घरपरिवारलाई सो राहत वितरण गरिएको सहज परियोजनाका प्रोग्राम आफिसर रिखिराम हरिजनले बताएका छन ।
मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजना,VSO नेपाल, इन्टरनेशनल अलर्ट र DFID को आर्थिक सहयोग तथा वडा कार्यालयको सहकार्य मा जनप्रतिनिधिको रोहबरमा राहत बितरण गरिएको हो ।
राहतमा ३० केजी चामल, ३ केजी अरहर दाल, ४ केजी चीनी, २ लिटर धारा तेल, २ केजी नून, ४ वटा नुहाउने साबुन बितरण गरिएको प्रोग्राम आफिसर हरिजनले जानकारी गराएका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया