Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौँमा भएको फास्ट फुड एसोसिएशन नेपालको ८औँ राष्ट्रिय अधिवेशनमा उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन्।

उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गरिन्। उनले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारले मात्रै पाँचतारे हुन नसक्ने बताए। उनले पाँचतारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताइन्।

उनले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताए। उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइन्।

‘पाँचतारे होटेल फास्ट फुड पूर्वाधारहरुले मात्रै हुँदैन‚ ठूलो स्पेस हुँदैमा पाँचतारे हुँदैन। गुणस्तरमा पाँचतारे भनेर चिनिन आवश्यक छ। महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा छ‚’ उनले भनिन्, ‘राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्छ। राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँचतारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला।’

उनले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजीकरणका लागि काम गरिरहेको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP