Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति

काठमाडौं : गलत कथावस्तु प्रस्तुत ​गरेको भन्दै नेपाली चलचित्र ‘कार्साङ’ प्रति शेर्पा समुदायले आपत्ति जनाएको छ।

चलचित्रमा देखाइएको ‘बलि’ र ‘छेवर’आफूहरूको संस्कार र संस्कृतिभित्र नरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा जातिले बौद्ध धर्म अवलम्बन गर्ने भएको हुँदा बलि दिने र छेवर गर्ने संस्कृति-परम्परा नरहेको बताए। यस्ता चलचित्रले आगामी दिनमा साँस्कृतिक विचलन ल्याउने तर्क उनले गरे।

शेर्पा चलचित्र संघले विज्ञप्ति निकालेर चलचित्रमा शेर्पा संस्कृति र परम्पराको दुरुपयोग गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग राखेको छ। ‘शेर्पाहरू बुद्ध धर्ममा आस्था राख्ने समुदाय हो। बलि दिने प्रथा शेर्पा समुदायको हो भन्नु गलत हो’, विज्ञप्तिमा भनिएको छ।

शेर्पा समुदायको विरोध भएपछि निर्माण पक्षले ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश चलचित्रको ब्यानरबाट हटाएको छ। चलचित्रको निर्देशक तथा लेखकसमेत रहेको याम शेर्पाले कथावस्तु समग्र शेर्पा समुदायको नभएर एउटा भूगोलको मात्रै रहेको दाबी गरेका छन्। उनका अनुसार सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँका शेर्पा समुदायको संस्कार-संस्कृतिमा चलचित्र निर्माण भएको हो।

शेर्पा समुदायका अगुवाले भने कालान्तरमा यो चलचित्र शेर्पा समुदायको परम्परा र संस्कृति बुझ्ने एउटा आँखीझ्यालको रूपमा स्थापित हुने भएको हुँदा यस्ता गलत कथावस्तु अहिले नै सच्याउनुपर्ने बताएका छन्।

चलचित्रका कलाकारले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिने क्रममा यो नै शेर्पा समुदायको पहिलो चलचित्र रहेको दाबी गरेकोमा अगुवाले आपत्ति जनाएका छन्। ‘शेर्पा संस्कार-संस्कृतिमा आधारित पहिलो चलचित्र खाङ्ग्री हो। पछिल्लो समय कुसुम र टिन्छेन फामा जस्ता चलचित्रसमेत निर्माण भइसकेकोले यो चलचित्र पहिलो भन्न मिल्दैन’, कुसुम चलचित्रका निर्माता फाराडेन्डी शेर्पाले भने।

गत पुस २६ गतेदेखि प्रदर्शन भइरहको चलचित्र कार्साङमा दयाहाङ राई शीर्ष भूमिकामा छन्। चलचित्रमा जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP