दिपक के.सी.
कपिलवस्तु , असार १०
शिवराज नगरपालिकाको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार भन्ने नारा सहित आर्थिक वर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम सातौं नगर सभामा बुधबार प्रस्तुत भएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रमले कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएको छ । विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको संकटको अवस्थामा पूर्वधार निर्माणलाई निरन्तरता दिदै कृषिमा विशेष जोड दिएको प्रमुख अधिकारीले बताउनु भयो ।

आर्थिक बर्ष २०७७÷०७८ मा कृषि र पशु विकास तर्फ धान उत्पादन कार्यक्रम, आप विरुवा रोपण अभियान कार्यक्रम, प्लाष्टिक घर कार्यक्रम, एक गाउँ एक पकेट कार्यक्रम,कृषि उत्पादन पकेट विकास कार्यक्रम,भकारो सुधार कार्यक्रम,नारी सवल अभियान ,लाम्पुच्छ«े भेडा संरक्षण तथा प्रर्वद्धन कार्यक्रम, उत्कृष्ट कृषक सम्मान , लघु उद्यमी छनौट जस्ता कार्यक्रम संचालन गरिने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विशेष गरी कोभिड १९ को असरमा परेका बेरोजगार व्यक्तिहरुलाई विकास निर्माणमाको कार्यमा सहभागि गराईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक बर्षमा पर्यटन प्रर्बद्धनलाई बढावा दिदै आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने कार्यक्रम समाबेश गरिएको छ । नगरपालिकाको पहिचानको रुपमा रहेको शिवगढी सोनवा गढ मन्दिर क्षेत्रको बृह्तर विकासका लागी गुरुयोजना निर्माण गरी पर्यटन प्रर्वद्धनमा विशेष जोड दिइने छ । सार्वजनिक निजि, सहकारी साझेदारीको अवधारणा अवलम्वन मार्फत आधुनिक पर्यटन पूर्वाधारको विकास गने,नगरको धार्मिक साँस्कृतिक विविधताको संरक्षण एवं प्रचार प्रसार गरी पर्यटन मैत्री बनाउने ,निजि क्षेत्रबाट आयोजना हुन लागेको केवल कार योजना प्रति पनि नगरपालिका सकारात्मक रुपमा रहेको र सोका लागी नितिगत रुपमा सहयोग गरिने, सम्पूर्ण धर्म जात जाती मौलिकता संरक्षणका लागी उनीहरुको भेषभुषा पोसाक रितिरिवाज संरषण गर्न आवश्यक कमद चालिने योजना रहेको प्रमुख अधिकारीले बताउनु भयो ।

नगरको निति तथा कार्यक्रममा सामाजिक विकास नितिमा विद्यालयको शैक्षिक र भौतिक सुधार बालबालिका विद्यालय प्रवेशको आधार भन्ने नारा सहित विद्यालय शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने छ । प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई दिवा खाजा अन्तर्गत बच्चाको हातमा टिफिन, आमाको हातमा पैसा कार्यक्रमलाई यो बर्ष पनि नगरले निरन्तरता दिएको छ । शिक्षण सिकाइ क्रियाकलापमा डिजिटल प्रविधीको प्रयोग गरी शिक्षण गर्न प्रोत्साहित गर्ने ,कोभिड १९ को यो अवस्थामा बैकल्पिक सिकाइ प्रक्रियाबाट सहजीकरण गर्ने,विद्यालयलाई ग्रिन क्लिन एण्ड पिस बनाउने, विद्यालय शुसानलाई प्रवद्र्धन गर्न नागरिक वडा पत्र,गुनासो पेटिका प्रयोगमा ल्याउने, स्वस्थ्य शरिर स्वस्थ मस्तिष्क भन्ने तथ्यलाई मान्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य तर्फ नगरका नागरिकहरुको स्वस्थ्यमा विशेष ध्यान दिई ८० वर्ष माथिका नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच,नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श ईकाई व्यवस्थापन गर्ने,महिला स्वास्थ्य स्वेयसेविकालाई ५ लाखको दुर्घटना बिमा गराउने,“बच्चा जन्माउने कहाँ ? वर्थिङ्ग सेन्टर जहाँ” अभियान प्रभावकारी संचालन गर्ने,विरपुर स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने कार्यक्रम रहेको छ ।



बुधबारबाट सुरु भएको सातौं नगर सभाबाट निति तथा कार्यक्रम पास गरे पछि बजेट घोषणा गरिनेछ । नगर प्रमखले निति तथा कार्यक्रम प्रस्तुत गरेर सभाबाट पास गरे पछि उप प्रमुख शिवकुमारी चौधरीले बजेट घोषणा गर्ने कार्यक्रम रहने सातौं नगर सभा संचालक प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया