Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

काठमाडौं ।  विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगर सभामा बुधबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० रुपैयाँ प्राप्त हुने बताइन् ।

यस्तै, संघीय तथा प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकारबाट ससर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ करोड १० लाख ९ हजार १ सय ८० प्राप्त हुने उनले सार्वजनिक गरिन् ।

यस्तै, संघीय सरकारबाट विशेष अनुदान १३ करोड, प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड, वैदेशिक र अन्य संघ संस्थाबाट अनुदान ३ करोड २६ लाख ७८ हजार १ सय ८० रुपैयाँ, जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार अनुमानित आय कार्कीले सभामा प्रस्तुत गरिन् ।

व्ययतर्फ प्रशासनिक खर्च ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड वातावरण तथा फोहोर व्यवस्थापन तर्फ ल्यान्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला, बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख कार्कीले बताइन् ।

महानगरले कोरोना भाइरसको महामारी र लकडाउनको प्रभावका कारण चालु आर्थिक वर्ष भन्दा १८ दशमलव ३१ प्रतिशत कम बजेट ल्याएको छ । चालु आवका लागि गत वर्ष ४ अर्ब १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको थियो ।

कोरोना भाइरसले आमदानी खुम्चिँदा महानगरले अनुमान गरेभन्दा चालु आर्थिक वर्षमा ४८ दशमलव २७ प्रतिशत कम २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आमदानी भएको उपप्रमुख कार्कीले बताइन् । उनले उक्त आयमध्ये चालू आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४ सय ४९ रुपैयाँ मात्रै खर्च हुन सकेको र अन्य मौज्दात रहेको सभामा जानकारी दिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP