Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बालगृहलाई फलफुल र स्वास्थ्य सामग्री प्रदान

नारद कोहार, कपिलवस्तु

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित नेपाल बाल संगठन बालगृहलाई फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुले ४७औं स्थापना दिवसको अवसरमा बालगृहका बालबालिकाहरुको लागि फलफूल तथा स्वास्थ्य सामग्री हस्तन्तरण गरेको हो ।

बालगृहमा रहेका असहाय बालबालिकाहरूलाई शक्तिवद्र्धक भिटामिन युक्त चेवनप्रास, फलफुल, माक्स, सेनिटाइजर तथा सामान्य रूघाखोकी र ज्वरो आउँदा खाइने औषधिहरू एक कार्यक्रमका बीच हस्तन्तरण गरेको हो ।

सहयोग सानो ठुलो हुँदैन कसैले हामीलाई करोड ल्याएर दिए पनि त्यो सहयोग उही हो, कसैले सय रुपयाँ आफ्नो जन्मदिनमा अथवा यी बच्चालाई सम्झेर एउटा चकलेट दिए पनि हाम्रो लागि त्यो करोडबराबर रहेको बाल संगठानका अध्यक्ष राजुप्रसाद अर्यालले बताए ।

औषधि व्यवसायी संघले स्थापना दिवसको अवसरमा देशमा विभिन्न किसिमका कार्यक्रम गरिरहेको र यो संगठन जनताप्रति नै समर्पित रहेको औषधि वयवसायी संघ कपिलवस्तुका अध्यक्ष धर्मराज भट्टराईले बताए ।

तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवैतर्फबाट अभिभावक गुमाएका बालबालिकाहरुको आश्रय गृहको रुपमा २०५९ सालदेखि बालगृह संचालन हुँदै आएको छ । अभिभावक नै नभएका २४ जना बालबालिका र बाबुको मृत्यु भएको, आमा लामो समय काराबास सजाय पाई कारागारमै रहेका अभिभावकका ५ बालबालिकाहरु गरी कुल २९ बालबालिकाहरु हाल बालगृहमा बस्दै आएका छन् ।

कार्यक्रममा कपिलवस्तु औषधि व्यवसायी संघका पदाधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष पार्वती पाण्डेय, नेपाल प्रेस यूनियन कपिलवस्तुका सभापति गोपाल भण्डारी, बालगृहका प्रमुख रामप्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो । संघका अध्यक्ष धर्मराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मनिराम पाण्डेयले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP