Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आज थप चार सय ३४ सङ्क्रमित थपिए, तीन सय १२ सङ्क्रमण मुक्त, मृतकको सङ्ख्या २६ पुग्यो

काठमाडौँ । आज थप चार सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप तीन सय ८६ जना पुरुष र ४८ जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हालसम्म ७६ जिल्लाका १० हजार २० जना पुरुष र एक हजार एक सय ४२ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले दिनुभएको जानकारी अनुसार आज सप्तरीका आठ जना, धनुषका नौ जना, महोत्तरीका पाँच, सिराहाका दुई जना, अछामका १३, बझाङका १८, बाजुराका आठ जना, डडेलधुराका २४, कैलालीका दुई, कञ्चनपुरका ६०, रौतहटका ३८, सर्लाहीका पाँच, पाल्पाका एक सय २२ जना, काठमाडौँका चार जना, भक्तपुरका चार जना, नवलपरासीका आठ जना, तनहुँका नौ, बागलुङका दुई जना, म्याग्दीका छ जना, प्युठानका सात, रुपन्देहीका सात जना, बर्दियाका छ जना, दैलेखका नौ, कालिकोटका तीन, सुर्खेतका १३, बाँकेका चार जना, गोरखाका दुई जना, ओखलढुङ्गाका दुई जना, रामेछापका आठ जना, ताप्लेजुङ तीन जना, कैलालीका तीन जना, तथा झापा, बारा, डोल्पा, कास्की, ललितपुर, स्याङ्जा, गुल्मी इलाम, जुम्ला, मोरङ, खोटाङ, लमजुङ, बैतडी, धादिङ, र रुकुम पुर्वका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप तीन सय १२ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या दुई हजार छ सय ५० पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट दुई सय ९३ जना पुरुष र १९ जना महिला सङ्क्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म दुई सय १६ जना महिला र दुई हजार चार सय ३४ जना पुरुष सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी स्याङ्जाको आँधी खोला–१ का एक जना र ललितपुर महालक्ष्मी स्थान–५ का एक जनाको मृत्यु भएसँगै सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

स्याङ्जाका सङ्क्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भेन्टिलेटरमा उपचारको क्रममा असार १० गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । उहाँ मधुमेह र श्वासप्रश्वासको समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

त्यसै गरी ललितपुरका सङ्क्रमित ५ महिना अघि मिर्गौला प्रत्यारोपण गराएका र मिर्गौलामै समस्या आई नर्भिक अस्पताल भर्ना भएको र सङ्क्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसियुमा भेन्टिलेटरमा उपचारको क्रममा आज मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा एक लाख ८१ हजार छ सय ७० वटा पिसीआर तथा दुई लाख ६६ हजार तीन सय ४१ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा छ हजार पाँच सय ४३ वटा पिसीआर तथा चार हजार एक सय ६७ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा ७४ हजार २२ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा आठ हजार चार सय ८६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP