Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

माधव नेपालले बाँडेको कोरोना भगाउने कार्डमा रेकर्डर त छैन ?

काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले वितरण गरेको कोरोना भगाउने कार्डमा रेकर्डर चिप्स राखिएको आशंका गरिएको छ । वैठकमा भाइरस भगाउने कार्ड अनिवार्य गरिएपछि नेकपाको आलोचनासहित विभिन्न अड्कलवाजी सुरु भएका छन् ।

तर पार्टीका स्थायी समिति सदस्य तथा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले भने कार्डभित्र रेकर्डर चिप्स राखिएको आशंका अनाबश्यक भएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै शाहले कार्डमा कुनै वैदिक जडिबुटी हुनसक्ने बताउनुभयो ।

विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराले उक्त कार्ड सांसदहरूलाई बिक्री गरेको नेताहरुले जानकारी दिएका छन् । यसका लागि प्रति कार्ड ७ सय रुपैयाँ तिर्नुपर्ने छ ।
शाहले कोराना संक्रमण नहुने विश्वासका आधारमा सवै नेकपा सांसद र नेताहरुले प्रयोग गरेको दावी गर्नुभयो । समिति सभापति खड्काका छोराले विगतमा पोखरामा होटल व्यवसाय गर्दै आएको र लकडाउन भएपछि चीनबाट यस्तै सामान ल्याएर बेचिरहेको बताइएको छ ।

केही सांसदहरूलाई सित्तैमा कार्ड दिएको र केहीले बजारमा ७ देखि ९ सय रुपैयाँमा खरिद गरेको बताएका छन् । उक्त कार्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटीमा वितरण गर्नुभएको हो । नेता नेपालले व्यक्तिगत खर्चमा नै वितरण गरिरहेको बताइएको छ ।

नेता शाहले सीमाका विषयमा धेरै कुरा सवैलाई थाहा भएकाले प्रधानमन्त्री केपी शर्मा ओली हिजोको वैठकमा नआएको बताउनुभयो । उहाँले वैठकमा भूमि फिर्ता ल्याउन र भारतसँग वार्ता गरी कालापानीबाट भारतीय सेना फिर्ता गर्ने विषयमा कूटनीतिक वार्ता गर्नुपर्ने विषयमा छलफलभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सीमाका विषयमा नेपालले पहल गर्नुपर्छ र सवै च्यानलहरु प्रयोग गर्नुपर्छ । वैठक अब बालुवाटारमा गर्नुहुदैन । सचिवालयले यस्तो गर्न मिल्दैन । बालुवाटारमा गर्नुपर्ने बैठक किन ? सचिवालयले जवाफ दिनुपर्छ । सवै बैठक पार्टी कार्यलयमा हुनुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP