Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार साँझ ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक र पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।

चार जना घाइते मध्ये दुई जना स्थानीय कविराज बिक र कमल बिक रहेका छन् भने अन्य मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक रहेको वडा अध्यक्ष अकप्रसाद विकले जानकारी दिए। घाइते चार जनाको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी पठाइएको वडा अध्यक्ष विकले जानकारी दिए।

चार जना घाइते मध्ये एक जनालाई थप उपचारको लागि पोखराको मणि पाल पठाइएको छ। अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो।सोही गाउँपालिका–७,ताकमका २७ वर्षिय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार रहेका थिए। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP