Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अनिकाल निम्त्याउने सलह किरा रूपन्देहीमा पनि देखियो

बुटवल ।

रूपन्देही जिल्लामा पनि सलह किरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।
बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो ।
पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा कीटविज्ञ दीपक खनालले स्थानीयले सलह आएको जानाकारी गराएपछि स्थलगत निरीक्षणका क्रममा लागि सलह किरा नै रहेको पुष्टि भएको जानकारी दिए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए । वन क्षेत्रमा समूह नै आएको देखियो । यसले हामीलाई थ्रेड दिएको छ उनले भने, अब उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारिरहेको बताए । सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए ।
यसअघि बारा पर्साका किसानले पनि सलह किरा देखियो भन्दै कृषि मन्त्रालयमा पत्रचार गरेका थिए । त्यहाँ भारतको सीमा जोडिएका २ स्थानीय तहका किसानको बालीनालीमा सलह कीराले आक्रमण गरेको जानकारी आएसँगै त्यसतर्फ प्राविधिकको टोली पठाएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP