Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

करिडोर र सवारीको चाप, तस्वीरहरू

 

काठमाडौं : उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भई रहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको छ। यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले अर्बौं खर्च गरेर करिडोर सडकहरूको विकास र विस्तार गरिएको छ।

अफिस समयमा उपत्यकाको चोक चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बन्दै गएको छ। त्यति मात्र नभएर काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनका र भित्रीका बस्तीहरूका लागि एक प्रकारको ‘लाइफलाइन’ नै बनिरहेको छ।

अहिले उपत्यकाको धोबीखोला, बागमती, विष्णुमति, मनोहरा, नक्खुखोला करिडोर सडक वैकल्पिक रूपमा सर्वसाधारणले प्रयोग गर्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला आउजाउ गर्न सहज समेत भएको छ।

यसरी अर्बौं खर्च गरी विस्तार गरिएको करिडोर सडक त्रुटि विहिन भने छैन। मूल सडकमा निर्माण गरिएको पुल होचो हुँदा ठूला सवारी साधनले करिडोर सडक प्रयोग गर्ने अवस्था छैन। त्यस्तै अविरल वर्षा हुँदा खोलाको बहाव बढ्छ। बस्तीबाट आएको ढलका कारण प्रायजसो सबै करिडोरका पुल मुनीदेखि जलमग्न हुन्छ र हरेक वर्ष जस्तै सवारी साधनहरू फस्ने गरेको देखिन्छ।

करिडोर निर्माण अघि नै बनेका पुलहरू भएकाले मुनीबाट अर्को बाटो निकाल्ने परिकल्पना तिनीहरूको डिजाइनमा छैन। त्यसैले यस्तो समस्या भएको विज्ञहरूको भनाइ छ।

यस्तो समस्या भइरहेको स्थानमा सरकारले सहरी पूर्वाधारमा एकीकृत करिडोर बनाउने घोषणा समेत गरेको छ। तर भएका करिडोर समस्या भने उस्तै छ। जसमा कतिपय सडक खोलाको सतहभन्दा तल भएकाले जहिले पानी जम्ने गरेका छन्।

जसमा थापाथली पुल, ग्वार्को पुल, बल्खु पुलमुनी जहिल्यै पानी जमिरहेको हुन्छ। किनभने हरेक पुल मुनी करिडोरको ‘एप्रोच वे’ खोल्दा खोलाको सतहभन्दा तल हुने गरेको इन्जिनियरहरू बताउँछन्। त्यो अवस्था हामी दैनिक रुपमा ती करिडोर हुँदै यात्रा गर्दा देखिन्छ।

यसका प्राविधिक पक्षहरूलाई सुधार गर्ने हो भने करिडोर सडक उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उपयुक्त विकल्प हुने छ।

थाहा खबर

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP