Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

सबै ठाउँमा पुग्यो पाठ्यपुस्तक, आन्दोलनले बन्द रहेका विद्यालयले लिएनन्

 

काठमाडौँ : नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले वैशाख १ गतेबाट देशभर नयाँ भर्ना अभियान चलाएको छ।

यही शैक्षिक सत्रको लागि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै नयाँ पाठ्यपुस्तक छापिसकेर ७७ वटै जिल्लामा चैत १२ गतेदेखि २५ गतेसम्म बिक्रीवितरण गरिसकेको छ।

तर यतिखेर भइरहेको शिक्षक/कर्मचारीहरूको आन्दोलनका कारण सम्बन्धित ठाउँमा पुस्तक पुगे पनि अधिकांश विद्यालयले लिएका छैनन्। शिक्षकहरूले विद्यालय नै बन्द गरेर चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा छन्।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अधिकांश विद्यालयमा वार्षिक परीक्षा नतिजा अझै सार्वजनिक भएको छैन। जसकारण नयाँ शैक्षिक सत्रको लागि आवश्यक पर्ने पुस्तक ती सामुदायिक विद्यालयहरूले लिएका छैनन्। त्यसो त ती विद्यालयहरूसँग पुस्तक दिनको लागि समन्वय गरिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।

उनले भने, ‘हामीले समयमै नयाँ पाठ्यपुस्तक छपाइ सकेर सम्बन्धित ठाउँमा पुर्‍यायौँ, करिब सबै विद्यालयमै पुस्तक पुगिसकेको छ तर केही विद्यालयहरूमा चाहीँ शिक्षक आन्दोलन कारण नतिजा पनि प्रकाशन नभएको र पुस्तक नलिएको अवस्था छ, ती विद्यालयमा हामीले सम्पर्क गरेर छिटो नतिजा प्रकाशन गरि पुस्तक लिन भनिरहेका छौँ।’

स्थानीय तहले बजेट निकासा नगर्दा पुस्तक सम्बन्धित गोदाममै थन्किएका समाचार पनि बाहिरिएका छन्। यस विषयमा जनक शिक्षाका प्रबन्ध निर्देशक पौडेलले भने, ‘अहिले स्थानीय तहले बजेट निकासा नगर्दा पुस्तक लिएको देखिएको छैन, कुनै कुनै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएर समस्या हुनसक्छ, त्यस्तो ठाउँमा हामीले अनुगमन नै गरेर सूचीकृत बिक्रेताहरूलाई उपलब्ध गराउनु भनेका छौँ, कुनै समस्या हुँदैन, सबै विद्यार्थीहरूको हातहातमा पुस्तक पुग्छ।’

उनले केही समस्या परेमा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। उनका अनुसार यस शैक्षिक सत्र कक्षा १० सम्मको लागि १ करोड ७० लाख ५० हजार थान पुस्तक छापिएको छ।

छापिएका यी सबै पाठ्यपुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ (कोशी) कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाएर बिक्रीवितरण गरिएको छ।

यस्तै, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जबाट पुस्तक बिक्रिवितरण भइरहेको छ। दुई वर्षअघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहरिइरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो।

तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ।

‘सबै ठाउँमा पुस्तक पुगिसकेको छ,’ उनले भने, ‘कथंकथाचित कहीँ कतै विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीहरूको हातमा नपुगे यी ठाउँहरूमा सम्पर्क गर्नसक्नुहुनेछ, हामी तुरून्तै पुस्तक उपलब्ध गराउँछौँ।’

शिक्षकहरूले शैक्षिक हडताल नै जारी गरेर आन्दोलनमा उत्रिएका छन्। जसकारण अहिले अधिकांश सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ।

रूपन्देहीको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालयलगायत सामुदायिक विद्यालयहरूले सूचना नै जारी गरेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नयाँ भर्ना अभियान नै रोकेको जानकारी दिएका छन्।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP