Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

बागमतीमा लक्ष्यअनुसार राजस्व उठेन

 

काठमाडौं : बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन्। घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो।

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँ मात्र संकलन भएको छ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिष्ट्रेसनबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार रुपैयाँ संकलन भएको छ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा सात अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा रु चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार रुपैयाँ मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख रुपैयाँ संकलन भएको छभने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ मात्र असुली भएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP