Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

हिमाली क्षेत्रमा २३ वर्ष यताकै कम हिमपात

काठमाडौं : हिमालय–हिन्दुकुश हिमाली क्षेत्रमा पछिल्लो २३ वर्ष यताकै सबैभन्दा कम हिमपात भएको छ। यो अवस्थाले पग्लिरहेको हिमनदीबाट निस्कने पानीमा निर्भर रहेका दुई अर्ब मानिसका लागि गम्भीर खतरा निम्त्याएको प्रतिवेदनले देखाएको छ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले जारी गरेको ताजा प्रतिवेदनमा हिमालय पर्वत श्रृंखलामा हिमपात न्यून हुने क्रम लगातार तेस्रो वर्ष पनि जारी रहेको उल्लेख छ।

न्यून हिमपातको प्रवृत्तिले यस क्षेत्रको जल सुरक्षा खतरामा परेको चेतावनी प्रतिवेदनमा दिइएको छ । हिमालय–हिन्दुकुश पर्वत शृङ्खला अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ।

आर्कटिक र एन्टार्कटिका महाद्वीपपछि हिउँ र हिमनदीहरूको सबैभन्दा ठूलो भण्डार यसै क्षेत्रमा छ। यी जलाशयहरू करिब दुई अर्ब मानिसका लागि ताजा पानीको मुख्य स्रोत हुन्। कृषि, घरायसी प्रयोग र अन्य आवश्यकताका लागि यिनै जलाशयहरूमा निर्भर छन्।

खडेरी जस्ता जोखिम बढ्दो

यस क्षेत्रमा मौसमी हिउँको आवरण (जमिनमा हिउँ परेको समय) सामान्य भन्दा २३.६ प्रतिशतले कम छ, जुन पछिल्लो २३ वर्षको न्यून स्तर हो । प्रतिवेदनका प्रमुख लेखक शेर मोहम्मदले समाचार एजेन्सी एएफपीसँग भने, ‘यस वर्षको हिमपात जनवरीको अन्त्यमा सुरु भयो र जाडो भर औसतभन्दा कम रह्यो।’

यो गिरावटले नदीको बहावमा सम्भावित कमी ल्याउने, भूमिगत पानीमाथिको निर्भरता बढ्ने र खडेरी जस्ता जोखिम बढाउने उनले बताए।

यस क्षेत्रका धेरै देशहरूले खडेरीको चेतावनी जारी गरिसकेका छन् भने बाली उत्पादन र पानीको उपलब्धता पनि जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन्। यो अवस्था लामो समयसम्म चल्ने, तीव्र र बारम्बारको तातो हावाका लहर (लु) को सामना गर्दै आएका मानिसहरूका लागि यो अवस्था अझ जटिल हुने गर्छ ।

प्रभावित हुनसक्ने देशहरू

पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र नेपाल एकीकृत पर्वतीय विकास केन्द्रका सदस्य राष्ट्र छन् । अन्तर सरकारी निकायले यस क्षेत्रका १२ प्रमुख नदी बेसिनमा आश्रित देशहरूलाई पानी व्यवस्थापन, खडेरी पूर्व तयारी, पूर्व चेतावनी प्रणाली सुधार गर्न र क्षेत्रीय सहयोग अभिवृद्धि गर्न आग्रह गरेको छ।

चीन र म्यानमार पानी दिइरहेका दक्षिण–पूर्वी एसियाको दुई सबैभन्दा लामो नदीहरू मेकोङ र साल्वीनको झण्डै आधा बरफ पग्लिएको प्रतिवेदनले जनाएको छ। आइसीआइएमओडीका महानिर्देशक पेमा जियामात्सुले दीर्घकालीन समाधानका लागि नीतिगत परिवर्तन गर्न आह्वान गरेका छन्।

‘कार्बन उत्सर्जनले हिन्दकुश क्षेत्रमा बरफको क्षति हुने क्रमलाई अपरिवर्तनीय बनाएको छ’ उनले भने। वातावरण संरक्षण र दिगो विकासका लागि तत्काल पहल गर्नुपर्नेमा पेमाले जोड दिए।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनका अनुसार, एसिया जलवायु प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो। संस्थाले मार्चमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो ६ वर्षमा पाँच वर्ष यस्ता थिए, जसमा हिमनदीमा सबैभन्दा तीव्र गिरावट देखियो।

यो अवस्थाले यस क्षेत्रको वातावरणीय स्थायित्व र मानव जीवनको लागि बढ्दो कठिनाइहरूको सङ्केत गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP