Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

वैदेशिक रोजगारी गर्नेहरूको रकम सिधै सहकारीमा ल्याउनुपर्ने माग

 

जनकपुरधाम : सहकारी अभियन्ताले सहकारी संस्थाहरूको विकासका लागि वैदेशिक रोजगारी गर्नेहरूको रकम सिधै सहकारीमा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले सहकारी संस्थाहरूको विकासका लागि सहकारी ऐन र कानुनको प्रभावकारी रूपमा कार्यान्वयनमा जोड दिएका छन्।

सहकारीका अभियन्ताले सहकारीमा सुशासन र उच्च प्रविधिको प्रयोग गर्न सफ्टवेयर प्रयोग सम्बन्धी जनकपुरधाममा शुक्रबार एकदिने अन्तरसंवादमा जानकारी दिए।

मधेश प्रदेशका एक सयभन्दा बढी सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी उक्त कार्यक्रममा सफ्टवेयरको प्रयोगले हुने उपलब्धि, फाइदा लगायतका विषयमा जानकारी गराइएको थियो।

सहकारी ऐन र नियमको पालना, राष्ट्रिय बैंकको निर्देशनसम्बन्धी सहकारी रजिस्ट्रार कार्यालयद्वारा स्वीकृत रिपोर्ट संकलनको जानकारी दुई मिनेटभित्र डाउनलोड/ अपलोड गर्न सक्ने विषयमा सहकारी विज्ञ किरण पौडेलले प्रशिक्षण दिए।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादवले सहकारीको विकास र विस्तारका लागि सहकारी ऐन र कानुनको पूर्ण पालना र पारदर्शितामा जोड दिनुपर्ने बताए।

सहकारी संस्थाहरूले गरिबी निवारण,बेरोजगारी समस्याको समाधान र समाजको आर्थिक विकासमा खेलेको भूमिकाबारे विश्लेषण गर्दै उनले सहकारीप्रतिको नकारात्मक भावना हटाउन सबैलाई आग्रह गरे।

मधेश प्रदेशका सहकारी रजिस्ट्रारको कार्यालयका अधिकृत वासुदेव भट्टले सहकारीमा भएको समस्या हटाउन एवं सुशासन कायम गर्न सफ्टवेयरको प्रयोगबाट ठूलो सहयोग पुग्ने बताए।

कार्यक्रममा समाजसेवी कृष्ण दीक्षित तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको समस्या बारे आ–आफ्नो धारणा व्यक्त गरे।

उक्त कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउतले सहकारीबाट हुने फाइदाबारे बोलेकी थिइन्। तेस्रो मुलुकमा रोजगारी गर्नेहरूको रकम सहकारीमा सिधै ल्याउने वातावरण बनाउनुपर्ने सहकारीका अध्यक्ष राउतले माग गरिन्।

थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP