कपिलवस्तु
१५ असार । शिवराज नगरपालिकाले सोमबार १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा वडा नम्बर ३ को मदवा स्थित खेतमा धान रोपी नगरपालिकाले दिवस मनाईएको हो ।
रोपाइँ शुभारम्भ कार्यक्रममा बोल्दै मेयर नेत्रराज अधिकारीले कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको भन्दै धान लगायत सबै कृषिजन्य वस्तुमा नेपालीहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य अजुर्न कुमार केसीले युवाहरुले कृषि क्षेत्रमा रोजगारीको अवसर खोज्नु पर्ने समय आएको बताउनुभयो । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया