मरुभुमि सलह किरा अफ्रिकी महादेश, पाकिस्तान र भारत हुँदै र्भखर मात्र नेपाल प्रवेश गरेको छ । यो ठुलो समुहमा हिँडने, अत्यन्तै हानिकारक फट्यांग्राको एक प्रजाति हो । औसतमा एउटा सानो सलहको झुण्डले (एकटन बराबरको) दिनमा बढिमा १० हात्ती वा २५०० मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्दछन् । यो सामान्यतया फट्यांग्रा जस्तै देखीन्छ । सलहको पहिलो अवस्थाको बच्चा कालो हुन्छ भने दोस्रो देखि पाँचौ अवस्थाको बच्चा कालो÷पँहेलो रगंका हुन्छन् । अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व बयस्क पँहेलो रगंको हुन्छ । यो किरा करोडौंको संख्यामा हुन्छन र हरियो वनस्पनिलाई छोटो समयमा पात र डाँठ समेत खाएर सखाप पार्दछ ।
तर्सथ समयमै सचेत भई किरा व्यबस्थापनका उपायहरु अपनाउनुहुन अनुरोध छ ।
सलह किरा व्यवस्थापन
भौतिक तरिकाहरु
जालोको पासोमा संकलन गरी कुखुरा, माछा वंगुर आदीको दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ ।
सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
थाल वा अन्य आवाज आउने बस्तु , माइक इत्यादी बाट चर्को आवाज निकाली भगाउने ।
खेतको दुई छेउँबाट डोरी समाति बाली लाई हल्याएर किरा भगाउने ।
नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ ।
प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।
बिसादी द्वारा नियन्त्रण
यो किरा राति आराम गर्छ र विहान सूर्योदय पश्चात केही समय (१ देखि २ घण्टा) घाम तापेर बस्छ । विहानको यही बेलामा विषादी छर्कनु पर्दछ ।
निम्न बमोजमका बिषादीहरु मध्ये कुनै एक लाई उल्लेखित परिमाणमा छर्नु पर्दछ ।
मालाथियन ५० प्रतिशत ई. सी. ४५ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
क्लोरपाइरिफोस २० प्रतिशत इ.सी. २८ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
डेल्टामेथ्रीन २.८ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
डेल्टामेथ्रीन ११ प्रतिशत ई.सी. ३ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
स्रोत : नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर, २०७७ जेष्ठ
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया