Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विवाहको तयारी भइरहेका बेला छोरी अर्कैसँग भागेपछि…


लाहान । चलचित्रमा देखिने प्रेम वास्कतविक जीवनमा कहिले काही देखिन्छ । सिराहामा यस्तो दृश्य देखिएको छ । विवाहको सबै तयारी भइरहेको बेला छोरीले आफुले माया गरेका मान्छे रोजेर भागेपछि श्यामलाल रामको घरमा आपत आइलागेको छ । लहान नगरपालिका २४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको निधो भएको थियो। सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बिहे निधो भएकाले बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए।

दुलाहा पक्षलाई दाइजोसमेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जोहो पनि भइसकेको थियो। तर श्यामलालको परिवारमा एकाएक बज्रपात भयो। विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चातीले बाबुलाई जरिवाना तोकेको थियो । त्यही तोकेको दण्ड जरिवाना राप र ताप सहन नसकि विवाहको अघिल्लो दिन नै बिहीबार श्यामलालले झुण्डिएर आत्महत्या गरे। उनको घरमा रहेको विवाहको उल्लासको माहौल एकै निमेषमा स्तब्धमा परिणत भयो।

वृद्द बाबुआमा, श्रीमती र दुई छोरीलाई छाडेर वैदेशिक रोजगारीमा साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए। दलित समूदायमा सानै उमेरमा छोराछोरीको विवाह गर्ने परम्परा अझै रहेको र १९ वर्ष पुगेकी जेठी छोरीको विवाह गरिदिने योजनाका साथ पारिवारिक सरसल्लाह पछि केटो खोज्ने क्रममा सप्तरीको सुरुंगा नगरपालिका ४ का महेश रामसँग विवाहको टुंगो भएको थियो। असार १२ गते विवाहको निधो गरेर दुई साता अघि नै महेशका बाबु बन्दी रामलाई दाईजो स्वरुप चार तोला सुन तथा दुई लाख नगद समेत बुझाएका थिए। बाबुले अर्कै केटासँग बिहे पक्का गरेर दाइजो बुझाएको थाहा पाएपछि छोरी चाहिँ प्रेम सम्बन्धमा रहेका युवकसँग भागेपछि खैलाबैला मच्चिन पुग्यो।

अन्नपूर्णपोष्टका अनुसार केटा पक्षले केटी भागेको थाहा पाएपछि गाउँमा पञ्चायती बसाए। यस्ता समस्यामा न्याय निरुपणका लागि जानुपर्ने निकायमा नगई परम्परागत पञ्चायती बसाई जातिय अगुवामार्फत श्यामलालमाथि ६० हजार जरिवाना तोकियो। विवाहको टुंगो गरिएकी छोरी अर्कै केटासँग भागेका कारण जातिय सभाले उनलाई यस्तो निर्णय सुनाएको थियो। आफूले दिएको नगद तथा सुन फिर्ता दिनु त कता हो कता उल्टै थप जरिवाना तोकेपछि उनी विक्षिप्त बनेका थिए।

यसैबीच केटा पक्षबाट जेठी छोरी भागेपनि कान्छीको विवाह गरिदिए पनि आफूहरुलाई मान्य हुने खबर श्यामलाल कहाँ पठाइएको थियो। १५ वर्ष मात्र टेकेकी कान्छी छोरीको उमेर नपुगे पनि दाईजो बुझाइसकेका कारण केटा पक्षको प्रस्तावमा उनी सहमत हुन लागेका थिए। कानुनले अनुमति नदिए पनि सामाजिक बाध्यताका कारणले यस्तो निर्णयमा पुगेको श्यामलालका काका योगेन्द्रको कथन छ। समुदायका अगुवासँगको छलफलपछि कान्छी छोरीकै विवाह गरिदिने निर्णयमा पुगेका श्यामलालको उल्झन तब पनि समाप्त भएन।

पहिले जातिय अगुवाले तोकेको ६० हजार जरिवाना तिरेपछि मात्र कान्छीसँगको विवाह स्वीकार्य हुने सर्त राखिएपछि उनी बिलखबन्दमा परे। श्यामलालका काका योगेन्द्रले भने पटक पटक बिन्ति गर्दा पनि मानेनन् पहिला जरिवाना तिर्नै र्ने अड्डि कसेका कारण हाम्रो केही चलेन। जरिवानाको रकम कसरी व्यवस्था गर्ने भन्ने उपाय नसुझेका श्यामलाल केही बेरपछि आउँछु भन्दै निस्केकोमा सदाका लागि विदा भए। गोविन्दपुर–झुटकी बाटोको बीचमा पर्ने सरे खोलाको आँपको बोटमा झुण्डिएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP