Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कस्तो चेकपोस्ट जहाँ पास होईन पहुँच सोधिन्छ

असार १६
कोरोना महामारी दिनप्रतिदिन बढ्दै गए संगै सरकारले लक डाउन थप कडाइ गर्ने भनेको छ तर सडकमा सवारीको चाप देख्दा लक डाउन हो वा होइन ठम्याउन गार्‍हो देखिन्छ ।

काठमाडौ बाहिर बाट काठमाडौमा प्रवेश गर्ने जो कोहीलाई सरकारले जिल्ला प्रशासन कार्यलय बाट स्वीकृत गरेको पास अनिवार्य गरेको छ, तर यो भनाइ व्यवहारिक देखिदैन काठमाडौ प्रवेश गर्न पहिलो पास चेकजाँच धादिङ गजुरिमा गरिन्छ त्यो संगै तीन वटा ठाउँ चेकजाँच पछि काठमाडौ प्रवेश गर्न पाइन्छ ! विडम्बना चेकपोस्टमा पास हैन पहुँच सोधपुछ गरिन्छ !

पासमा मान्छेको संख्या, काठमाडौ प्रवेश गर्नु पर्ने कारण र सवारी नम्बर जस्ता कुरा खुलाइएको हुन्छ तर पहिलो चेकपोस्ट मै प्रहरी रोक्छ्न र भन्छन् पास होइन भने माथीका कसैलाई फोन गर्नुस् आदेश आए जान पाउनु हुन्छ । माथीका भन्नाले भन्ने प्रश्नमा प्रहरी प्रमुख हास्दै जवाफ दिन्छन् एस पी . डि.एस.पी.वा कुनै नेता अरु को हुन्छन् र माथी ।

पासलाई आधार मानेर जान दिनुहुन्छ कि आदेश लाई भन्ने प्रश्नमा प्रहरी प्रमुख थप्छन् हामी सिस्टमको फलो गर्छौ । पास नभएनी पहुचको आधारमा जान पाउनु कसरी सिस्टम हुन्छ यो त झन बिना सिस्टम र नियम कानुन बिपरित भएन ?

प्रहरी प्रमुख अलि भाबुक शैलीमा भन्छन् प्रहरिको निमित्त दुई वटा कानुन हुने रैछ एउटा संविधानमा निर्देश गरेको अर्को नेता महानेता भनौदाले आदेश दिएको ! हामीलाई यस्तो जोखिममा पनि न माक्स दिइएको छ नत सेनिटाइजर नै यो बर्खे पानीमा दिनभर सुरक्षाको निमित्त जोखिम मोलेर बस्छौं कोहि पास बिना आउँदा फर्काउन खोज्यो माथी बाट आउनदिनु भन्ने हुकुम आइदिन्छ अहिले त प्राय यात्रुले पास भन्दा ज्यादा पहुँच लगाएर यहाँ आइपुगेका हुन्छन् अनी हामी सिधै भनी दिन्छौं पास नभए पहुँच लगाउनुस छिर्न मुस्किल हुँदैन ।

एउटा सिमानामा खटिएका प्रहरी माथी कानुनलाई टेकेर आदेश दिने नेता महानेता वा प्रहरी प्रमुखले कहेका एस.पी.डि.एस.पी ले के साच्चिकै कोरोना महामारी अझै बढ्दै जादा त्यो जिम्मा आफुहरु ल्याउलान ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP