Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भक्तपुर हत्याः आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय कृष्ण तामाङको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।

जिल्ला अदालत, भक्तपुरले ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि मंगलबार १० दिन हिरासतमा राख्न अनुमति दिएको भक्तपुरका डीएसपी दिपक गिरी बताउँछन् ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट इस्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा टाउको, निधार र चिउडोमा तामाङको चोट देखिएको थियो ।

अनुसन्धानका क्रममा तामाङले आपसी विवादमा ढुंगा प्रहार गरेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP