Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

त्रिभुवन विमानस्थलमा ५०० भन्दा बढी नेपाली यात्रुको बिचल्ली- तस्विर

 

काठमाडौं : कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म देखियो। कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्लीमा परे।

नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत उड्ने तयारीमा रहेका यात्रु सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि उनीहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।

कतारको जनजीवन सामान्य बन्दै गएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कतार जाने उडान शुरु भएको छैन । मंगलबार बिहान १० बजेर ५ मिनेटका लागि तय भएको कतार एयरवेजको फ्लाईट पनि रद्द भएको विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सुरेश आचार्यले जानकारी दिए। यात्रुलाई हिमालयन एयरलायन्सले साँझ ६ बजे उडानको लागि बोलाएको छ। नेपाल एयरलायन्सका पदाधिकारी अहिलेसम्म पनि सम्पर्कमा नआएको यात्रुको गुनासो छ।  थाहा खबर 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP