काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको बताएका छन्।
शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको उल्लेख गरे।
उनले मित्रताका लागि गच्छे नचाहिने भन्दै आफ्नो सामर्थ्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताए। नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ। मित्रताका लागि गच्छे चाहिँदैन। हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ।’
प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनै पनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया